४ बजेसम्म साढे ३७ हजारको मनोनयन दर्ता

  •   काभ्रे
  •   १२ बैशाख २०७९, सोमबार
  •   खुल्ला खबर

देशभरका निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म ३७ हजार ५८५ उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन् ।

देशभरका २९३ नगरपालिका छन् । निर्वाचन आयोगको विवरण अनुसार १ हजार ३९५ जनाले प्रमुख ९मेयर० पदमा मनोनयन दर्ता गराएका छन् । उपप्रमुख ९उपमेयर०पदमा ७८४ जनाको मनोनयन परेको छ ।

त्यसैगरी कुल ४६० गाउँपालिकाको अध्यक्ष पदमा १ हजार ३२६ जनाले मनोनयनपत्र दर्ता गराएका छन् । ८२२ जनाले उपाध्यक्षमा मनोनयनपत्र दर्ता गराएका छन् ।

स्थानीय तहको प्रमुख पदमा उमेद्वारी दिनेको संख्या २ हजार ७२१ पुगेको छ । उपप्रमुख पदमा उमेद्वारी दिनेको संख्या १ हजार ६०६ छ ।

देशभरका कुल ६ हजार ७४३ वडाको वडाध्यक्ष पदमा ९ हजार ७९७ जनाले मनोनयन दर्ता गराएका छन् ।

वडा सदस्यमा मनोनयन गर्नेको संख्या १२ हजार ५१७ छ । त्यस्तै ५ हजार ८४९ जनाले महिला सदस्य पदमा उमेद्‍वारी दिएका छन् भने ५ हजार ९५ जनाले दलित महिला सदस्य पदमा उमेद्‍वारी दिएका छन् ।

५ बजेसम्म मनोनयनका लागि लाइनमा बसेकाहरूले मनोनयन दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको भन्दै आयोगले सबै उम्मेद्‍वारको विवरण आउन समय लाग्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

-->