स्कुटर चोरी गरेको आरोपमा काभ्रेका दुई सहित पाँच जना पक्राउ

  •   काभ्रे
  •   ९ बैशाख २०७९, शुक्रबार
  •   खुल्ला खबर

प्रहरीले स्कुटर चोरी गरेको आरोपमा काभ्रेका दुईसहित पाँच जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको विभिन्‍न स्थानबाट स्कुटर चोरी गरेको उजुरीपछि प्रहरी वृत स्वयम्भूबाट खटिएको टोली उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे धुलिखेल नगरपालिकानं. ११ का १८वर्षीय अरुण नेपाली, नमोबुद्ध नगरपालिका नं. ६ रोशिखोला घर भई हाल काठमाडौं महामनगरपालिका १८ नरदेवी बस्‍ने १८ वर्षीय विवेश लामा रहेका छन् ।

त्यस्तै नीलकण्ड नगरपालिका १० धादिङ घर भई काठमाडौंको क्षेत्रपाटी बस्‍ने १८ वर्षीय प्रदीप नेपाली, काठमाडौं महानगरपालिका १८ नरदेवी बस्‍ने १४ वर्षीय रामसुन्दर मानन्धर, र दाङ सिसामिया घर भई हाल काठमाडौंको डल्लु बस्‍ने १८ वर्षीय सूर्य परियार रहेका छन् ।

प्रहरीले अनुसन्धानका क्रममा अरूण नेपालीलाई पक्राउ परेपछि उनको गिरोहका थप व्‍यक्तिहरु पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैलालीले जानकारी दिए ।
पक्राउ परेका उनीहरुमाथि चोरी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

-->