सिन्धुपाल्चोकमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

  •   काठमाडौं
  •   २ बैशाख २०७८, बिहीबार
  •   खुल्ला खबर

सिन्धुपाल्चोकको भोटेकोशीमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको आयोजनामा ‘भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ हुने भएको हो ।

बैशाख ८ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगिता गाउँपालिकाको २ वडास्थित तातोपानी आधारभूत विद्यालयको खेल मैदानमा संचालन हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहनेछ । लिगकप नकाउटका आधारमा खेलाइने प्रतियोगितामा विभागिय टिम एपीएफ, आर्मी र पुलिस तथा न्यू डायमण्ड क्लब, ढोरपाटन प्रशिक्षण केन्द्र र सिन्धुपाल्चोक भलिबल संघको टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले तीन लाख तथा उपविजेताले दुई लाख पुरस्कार रकम प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *