साहित्यकार तुयुकाजी ताम्राकारको ’लुकेको क्षितिज’ कविता संग्रह विमोचन

  •   काठमाडौं
  •   १ फाल्गुन २०७७, शनिबार
  •   खुल्ला खबर

काभ्रे: काभ्रेली साहित्यकार तुयुकाजी ताम्राकारको कविता संग्रह ’लुकेको क्षितिज’ विमोचन गरिएको छ ।

आज काभ्रे जिल्लाको पनौतीमा रहेको ज्ञानविकास पुस्तकालयमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवालले उक्त साहित्यिक कृति सार्वजनिक गरेका हुन्।

तुयुकाजी ताम्राकारको ’लुकेको क्षितिज’ कविता संग्रह साहित्यिक त्रैमासिक पत्रिका अक्षरमार्ग नेपालले प्रकाशन गरेको हो ।

कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार मोहन दुवालले साहित्य समाजलाई सहि बाटो देखाउन मार्गदर्शक भएको उल्लेख गरेका छन् ।

त्यस्तै कुनै पनि मानिसले मृत्यु पर्यन्त पनि राष्ट्रले स्मरण गररिहने काम गर्नुपर्ने बताउदै साहित्यकार दुवालले कवि तुयुकाजी ताम्राकारलाई शुभकामना प्रदान गर्दै राजनीति भन्दा पनि साहित्यलाई सशक्त बनाएर समाज र जनमानसमा ल्याउन आग्रह गरेका छन् ।

यस्तै पुस्तकका बारेमा पनौती साहित्य समाजका अध्यक्ष रामसुन्दर देउजाले चर्चा–परिचर्चा गरेका थिए। पुस्तकबाट साहित्यकार द्वय ध्रुबकृष्ण ताम्राकार र सुभद्रा दाहालले कविता वाचन गरेका थिए ।

साहित्यकार सूर्यप्रसाद लाकोजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरष्ठि लोक गायक मच्छेश्वर सापकोटा, कवि तुयुकाजी ताम्राकार, केशव थापा लागायतलतले आ-आफ्नो मनतव्य व्यक्त गरेका थिए ।

कवि तुयुकाजी ताम्राकारका यस अघि पनौतीका प्राचिन कथा भाग १ र २, तरङ्गित छालहरु(कविता संग्रह), तीन धामको यात्रा त्यसभित्रको कथा (यात्रा वर्णन) र पर्वतराजमा आनन्द (यात्रा वर्णन) जस्ता कृतिहरु प्रकाशन भैसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *