सरकारले काभ्रेको बनेपामा आधुनिक फिल्म स्टुडियो निर्माण गर्ने

  •   काभ्रे
  •   १६ जेष्ठ २०७८, आईतवार
  •   खुल्ला खबर

सरकारले काभ्रेमा आधुनिक फिल्म स्टुडियो निर्माण गर्ने भएको छ । सरकारको तर्फबाट शनिबार सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८–०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले काभ्रेको बनेपामा आधुनिक फिल्म स्टुडियो निर्माण गरिने घोषणा गरेका छन् । यसअघि सरकारले दोलखाको डाङडुङेडाँडामा फिल्म सिटी निर्माणको लागि बजेट छुट्याएपनि त्यसको उल्लेख्य प्रगति हुन सकेको छैन ।

त्यस्तै सरकारले सातै प्रदेशमा छायांकनस्थल निर्माण गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष ०७८–०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले छायांकनस्थल निर्माणको घोषणा गरेका हुन् ।

बजेटमा गणेश हिमाल क्षेत्रमा फिल्म छायांकनस्थल बनाउन सम्भाव्यता अध्ययन गरी निर्माण प्रारम्भ गरिने उल्लेख गरिएको छ ।बजेटमा उत्कृष्ट फिल्म निर्माणका लागि स्टोरी बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको छ ।

यसैगरी सरकारले कोभिड–१९बाट प्रभावित अन्य क्षेत्रजस्तै फिल्म उद्योगको करयोग्य आयमा आयकर लाग्ने व्यवस्था गरी त्यसको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पु¥याएको छ ।

सरकारले फिल्म निर्माणमा प्रयोग हुने यन्त्र उपकरण र पाटपुर्जाको भन्सार महशुल छुट दिएको छ । यस्तै फिल्म उद्योगमा कार्यरत श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसाय सञ्चालनका लागि स्थापना गरिएको व्यावसायिक निरन्तरता कोषलाई आगामी वर्षमा पनि निरन्तरता दिइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *