सबै सरकारी अस्पतालमा पत्रकारको निःशुल्क उपचार हुने

  •   काभ्रे
  •   १५ जेष्ठ २०७८, शनिबार
  •   खुल्ला खबर

सरकारले पत्रकार महासंघको सदस्यता लिएका पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ।

सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। उपचार सेवा लिन नेपाल पत्रकार महासंघको सदस्यता लिएको हुनुपर्ने जनाइएको छ।

श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बिमा गर्ने भन्दै यसका लागि बिमा शुल्क सरकारले तिर्ने व्यवस्था मिलाइएको अर्थमन्त्री पौडेलले बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *