शिक्षाका समस्या समाधान गरेर सरकार अघि बढ्छ : मन्त्री पौडेल

  •   काभ्रे
  •   १० कार्तिक २०७८, बुधबार
  •   खुल्ला खबर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्रराज पौडेल शिक्षा क्षेत्रको समस्या समाधान गरेर सरकार अघि बढ्ने बताउनुभएको छ । आज काभ्रे आएका मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

जिल्लाको रोशी गाउँपालिका वडा नम्बर १२ घ्याङडाँडामा निर्माण हुने विद्यालय, स्वास्थ्य केन्द्र, वृद्धाश्रम र गुम्बा निर्माण परियोजनाको शिलान्यास गर्दै मन्त्री पौडेलले शिक्षाका समस्यालाई सुल्झाउँदै जानुपर्ने बताउनुभएको हो ।

शिक्षाको विकासमा सबै लाग्नुपर्नेमा पनि जोड उहाँले भन्नुभयो,’शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान गरेर सरकार अघि बढ्छ । सबैसंग समन्वय गरेर अघि बढ्छ । घ्याङडाँडामा निर्माण हुने संरचनाले यहाँको मुहार फेर्ने विश्वास लिएको छु ।’

मन्त्री पौडेलले शिक्षाका समस्या, गुनासो महासङ्घबाटै एकै पटक आएर छलफल गर्दा उपयुक्त हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *