विश्वकप छनोटका खेल खेल्न कुवेत पुगेको नेपाली टोली आज स्वदेश फर्कँदै

  •   काभ्रे
  •   ३० जेष्ठ २०७८, आईतवार
  •   खुल्ला खबर

फिफा विश्वकप तथा एसियन कप छनोटका खेल खेल्न कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदै छ।टीम बेलुका पौने ९ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल आइपुग्ने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए। उनका अनुसार नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं आइपुग्नेछ।

छनोटमा नेपालले चाईनिज ताईपेइ, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थियो। नेपालले चाइनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो भने जोर्डन र अष्ट्रेलियासँग ३–० गोल अन्तरले पराजय व्यहोरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *