विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना तुरुन्त संशोधन गर्न सरोकारवालाहरुको माग,

  •   कभ्रे
  •   २० जेष्ठ २०७८, बिहीबार
  •   खुल्ला खबर


शिक्षाका सरोकारवालाहरुले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट गत साल तयार पारिएको विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजनाको तत्कालै परिमार्जन गरी लागू गर्न सुझाब दिएका छन् ।
‘शिक्षा चिन्तन’ श्रृंखला सञ्चालनका क्रममा आजको शिक्षा साप्ताहिक र विद्यालय व्यवस्थापन समिति महासंघद्वारा बुधबार आयोजित ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना के कति कार्यान्वयन ?’ विषयक भर्चुअल छलफलमा यस्तो सुझाब दिएका हुन् ।

छलफलमा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव एवं इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष वंशलाल तामाङले गत साल कोरोना अवधिका लागि बनाइएको आकस्मिक कार्ययोजनाले यसपालिका लागि पूर्ण रुपमा काम गर्न नसक्ने बताए । ‘गत साल कोरोनाको प्रभाव कम रहेका वा संक्रमण हुँदै नभएका गाउँ–बस्ती धेरै थिए । ती ठाउँमा शिक्षकलाई टोल–टोलमा परिचालन गरेर सिउजीमा आबद्ध गराउने, मोबाइल सिमकार्ड बाँड्ने र सिकाइ प्रक्रिया बढाउनेगरी कार्ययोजना बनाइएको थियो,’ महासचिव तामाङले भने, ‘यसपालि त्यो अवस्था छैन । संक्रमित नभएका ठाउँ नै भेटिन्न । शिक्षकहरु समूह–समूहमा जाने अवस्था छैन । त्यसैले पनि आकस्मिक कार्ययोजना परिमार्जन गर्नु पर्छ ।’

शिक्षा र अर्थ दुबै मन्त्रालयले आकस्मिक कार्ययोजनामा किटिएको भूमिका पूरा गर्न नसकेको बताउँदै तामाङले खास गरि कसन तहको शिक्षा कुन तहको सरकारले हेर्ने भन्ने सविधानमा स्पष्ट व्यवस्था भएतापनी त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा अझै अन्योलता रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *