रोशी गाउँपालिकाले ल्यायो आगामी वर्षका लागि ६४ करोड ४३ लाख बराबरको बजेट

  •   काभ्रे
  •   १० असार २०७८, बिहीबार
  •   खुल्ला खबर

काभ्रेको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिका अध्यक्ष डि.बी लामाद्धारा आगमी आ.व ०७८ /०७९ को निति तथा कार्यक्रम सर्वजनिक गरिएको विशेष कार्यक्रममा उपाध्यक्ष लक्ष्मी उप्रेती बर्ताैलाले आज बजेट सार्वजनिक गरेकी हुन् । उपाध्यक्ष बर्तौलाले आगामी आर्थिक वर्षका लागि ६४ करोड ४३ लाख ३१ हजार को बजेट सार्वजनिक गरेकी हुन् ।

आगामी आवको लागि आन्तरिक आयबाट एक करोड २८ लाख ६० हजार, राजस्व बाँडफाँडबाट १४ करोड ७४ लाख ९७ हजार, संघिय सरकार समानीकरणबाट १० करोड ८७ लाख, सशर्त/विशेष/समपुरक अनुदान ३१ करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ।

त्यस्तै प्रदेश सरकार समानीकरण ८९ लाख ६९ हजार र प्रदेश सशर्त/समपुरकविषेशबाट ५ करोड ६३ लाख ५ हजार प्राप्त हुनेछ । गाउँपालिकाले भौतिक पूर्वधार निर्माण, कृषि, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *