रक्तपात रोक्न देश छाड्ने कठिन निर्णय गरें : राष्ट्रपति घानी

  •   काभ्रे
  •   ३२ श्रावण २०७८, सोमबार
  •   खुल्ला खबर

तालिवानले अफगानस्तान कब्जा गरेसँगै मुलुक छाडेका राष्ट्रपति असरफ घानीले आफ्नो भनाई राखेका छन् । उनले देश र जनताको हितका लागि देश छोडेका बताएका छन् ।

राष्ट्रपति घानीले अफगानी नागरिकलाई फेसबुकमा सम्बोधन गर्दै रक्तपात रोक्न देश छाड्ने कठिन निर्णयमा पुगेको बताएका हुन्। घानीले लेखेका छन्, ‘राजधानी ९काबुल० छाड्नु एक कठिन निर्णय थियो, रक्तपात रोक्न मैले यस्तो निर्णय गरेको हुँ।’

आफूले देश नछाडेको भए काबुलमा तालिबानसँग झडप हुने र लाखौं नागरिकको जिन्दगी खतरामा पर्ने उल्लेख गर्दै उनले भनेका छन्,’ विद्रोहीहरूले बलपूर्वक जितेका छन् अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको हो ।’

घानी कहाँ छन् भन्ने अझै खुलेको छैन । पहिले उनी काजकिस्तान रएको जनाइए थियो । तर पछिल्लो अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुलाई आधार मान्ने हो भने उनी उज्वेकिस्तानमा शरण लिएर बसेको विवरण आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *