काभ्रेको राशी गाउँपालिकाले वैशाख ११ र १२ गते पालिकाबाट प्रवाह हुने सेवा बन्द गर्ने भएको छ ।
गाउँपालिकामा स्थानीय तह सदस्य निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
गाउँपालिकाले आज एक सुचना जारि गर्दै यहि मिति २०७९ वैशाख ११ र १२ गते स्थानीय तह सदस्य निर्वाचनको लागि उम्मेद्वारी मनोनयन दर्ता कार्यक्रम रहेकोले उक्त दुई दिन गाउँपालिकाको कार्यालयमा अत्यावश्यक सेवा बाहेकका अन्य सेवा प्रवाह बन्द हुने जनाएको छ ।