भोलीदेखि फेरी समुदायस्तरमै स्वाव संकलन गर्दै बनेपा नगरपालिका ( कुन कुन ठाउँमा हुन्छ स्वाव संकलन ?

  •   काभ्रे
  •   २७ जेष्ठ २०७८, बिहीबार
  •   खुल्ला खबर

काभ्रेको बनेपा नगरपालिकाले नगरक्षेत्र भित्र स्वाव संकलन र परिक्षणको दायरा बढाउने भएको छ ।

समुदायस्तरमा नै कोरोना फैलिन थालेपछि पालिकाले कोरोना संक्रमितको पहिचान गर्न खोजहड्ताल र नितीहरुको स्वाव संकलन अभियान संचालन गर्ने भएको हो । जसका लागि पालिकाले भोलीदेखी असार ३ गतेसम्म स्वाव संकलन अभियान संचालन गर्ने बनेपा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतिले सूचना मार्फत जानकारी दिएका छन् ।

भोलि पहिलो दिन नगरपालिकाको वडा नं ९ को कार्र्यांलयमा स्वाव संंकलन गरिने छ । त्यस्तै ३० गते वडा नं ४,३१ गते वडा नं ८, असार १ गते वडा नं ११ को सल्लेमा स्वाव संकलन गरिने छ । त्यसैगरी असार २ गते वडा नं १ को कार्यालय र ३ गते वडा नं ७ को वडा कार्यालयमा स्वाव संकलन गरिने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *