बेथानचोकले ल्यायो ५२ करोड ५१ लाख बजेट

  •   काभ्रे
  •   १० असार २०७८, बिहीबार
  •   खुल्ला खबर

काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिकाले ५२ करोड ५१ लाख बराबरको बजेट ल्याएको छ ।

गाउँपालिकाकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ५२ करोड ५१ लाख ४२ हजार ५१५ रुपैयाँको बजेट ल्याएको हो । पालिका प्रमुख प्रेम बहादुर तिमल्सिनाले नीति कार्यक्रम प्रस्तुत गरेको नवौँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष सरीता लामिछानेले अनुमानीत र विनियोजित बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले आन्तरीक स्रोतबाट ११ करोड संघिय समिकरणमार्फत ८ करोड ३४ लाख, संघिय राजस्व बाँडफाँडमार्फत ५ करोड ९७ लाख १० हजार, संघिय राजस्व सशर्त मार्फत १८ करोड ३६ लाख आम्दानी हुने अनुमान गरेको छ ।

त्यस्तै प्रदेश समानीकरणमार्फत ६६ लाख ७५ हजार,प्रदेश शसर्त १ करोड ४७ लाख २२ हजार,प्रदेश राजस्व बाँडफाँडमार्फत १ करोड ४३ लाख ८० हजार ५१५,प्रदेश समपुरक २७ लाख र अन्यबाट २ करोड संकलन हुने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *