पुलिसको केरकार जस्तो प्रश्न सोध्ने पत्रकार, माइक फालेर हिँड्ने मन्त्री को पानीमाथीको ओभानो ?

  •   काठमाडौं
  •   ३० बैशाख २०७६, सोमबार
  •   त्रिबेणी

काठमाडौ । नेपाली टेलिभिजट टक शोमापनि कहिले काही विश्व समुदाय नैं चकित हुने घटना भइरहेका हुन्छन् । हुन त यो नै पहिलो हैन । तर भर्खरै एभिन्यूज टेलिभिजनका एक जना पत्रकारले अन्र्तवार्ता लिइरहेका बेला उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बीचमा नै माईक फालेर हिँडेका छन् ।

तर अन्र्तवार्ता लिने प्रस्तोताले एभिन्यूज खबरको प्रश्न सामना गर्न नसकेपछि स्टुडियोबाट बाहिरिएको भनेका छन् । पुरै भिडियो हेर्दा त्यस्तो मात्र देखिन्छ । उनको अन्र्तवार्ताको शैलीपनि पुलिसले अपराधिलाई केरकार गरेजस्तो तरिकाले प्रस्तुत भएका छन् ।

आइतबार राति नौ बजे एभिन्यूज खबरको सकस राजनीति बहसमा सहभागी हनु भएका उपप्रधानमन्त्री यादवले सरकारको भ्रष्टाचार र अनियमितताबारे प्रश्न राखेपछि जवाफ दिन अस्वीकार गर्नुभएको हो ।

भ्रष्टाचारको विषयमा मन्त्री यादवले जवाफ दिन आनाकानी गरेपछि प्रश्नकर्ता सुशील पाण्डेले पार्टी एकताको विषयमा प्रश्न गरेका थिए । तर उनी उल्टै प्रश्नकर्तामाथि खनिन पुगे ।

प्रश्न कर्ता पाण्डेले पटक–पटक जवाफ दिन आग्रह गर्दा पनि गैरजिम्मेवार बन्दै मन्त्री स्टुडियोबाट बाहिरिन पुग्नुभयो । सरकारका जिम्मेवार मन्त्री नै सञ्चार माध्यमको सामना गर्न नसकेर एकाएक स्टुडियोबाट बाहिरिनुले सरकार कति गैरजिम्मेवार छ भन्ने प्रष्ट्याएको छ ।

पत्रकारले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण गरेर बनेको सामाजवादी पार्टीले जनतालाइ के दिन्छ भनेर पत्रकारले प्रश्नगर्दा उल्टै मिडियाले नेपाली जनताले के दिन्छ भन्दै प्रतिप्रश्न गर्दै उत्तेजित बन्नु भएका उपप्रधानमन्त्री यादव अन्तत टेलिभिजनबाट माइक फालेर बाहिरिनुभयो।
उपप्रधानमन्त्री यादवले प्रश्न सोध्दा मर्यादा कायम राख्न अनुरोध गर्दैजाँदा परिस्थिति भड्किएको हो । उपप्रधानमन्त्री यादवले प्रश्नको सामनाको साटो पत्रकारलाइ मर्यादाको कुरा सिकाउन खोजेपछि परिस्थिति असामान्य बन्छ र उपप्रधानमन्त्री यादव स्टुडियोमा माइक निकालेर फ्याक्नुहुन्छ । अहिले दुई थरी बुझाई रहेको छ ।

पत्रकार आफैंले यादवलाई भड्काउने काम गरेको अर्थात मन्त्रीलाई गरिने व्यवहार गर्न नसकेको आरोप लगाइएको छ । भिडियो हेर्दापनि प्रश्नकर्ता अर्थात नेपाली टेलिभिजनका प्रस्तोता सच्चिन जरुरी छ भन्ने देखिन्छ ।

र जिम्मेवार पदमा पुगेका व्यक्तिपनि जिम्मेवार बन्न देखिन्छ । यहाँ दुबै पानीमा चुर्लुम्म डुबेका छन् । पानी माथी उभिएर दुबैले म चै ओभानै छु भन्न पटक्कै मिल्दैन । पुरा भिडियो हेर्न यहाँ थिच्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *