नेपाल सुपर लिग स् ललितपुर र बुटवल भिड्दै

  •   काभ्रे
  •   २९ बैशाख २०७८, बुधबार
  •   खुल्ला खबर

नेपाल सुपर लिग अन्तर्गत दोस्रो प्ले अफमा बुधबार ललितपुर सिटी र बुटवल लुम्बिनी एफसी प्रतिस्पर्धा गर्दैछन् । खेल साँझ साढे पाँचबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

ललितपुर समूह चरणमा २ जित १ हार र ३ बराबरीको नतिजा सहित ९ अंक जोडेर तेस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो । बुटवल समान २–२ जित, हार र बराबरीको नतिजा सहित ८ अंक जोडेर चौथो स्थानमा रहँदै प्ले अफमा पुगेको हो ।

काठमाडौं विराज महर्जन र ललितपुर अञ्जन विष्टको कप्तानीमा मैदान उत्रनेछन्।

प्रतियोगिताका पछिल्ला २ खेलमा जित निकालेको ललितपुर यसलाई निरन्तरता दिँदै फाइनल प्रवेशको सम्भावना कायम राख्ने प्रयासमा हुनेछ ।

बुटवल पनि समूह चरणमा बेहोरेको हारको बदला लिँदै फाइनल प्रवेशको सम्भावनालाई जीवितै राख्ने दाउमा हुनेछ । लयमा देखिएको ललितपुर विरुद्ध जित निकाल्न बुटवललाई त्यति सहज भने हुनेछैन।

यो खेलमा पराजय हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । जित हातपार्ने टोलीले बिहीबार पहिलो प्ले अफमा पराजित हुने काठमाडौं रेजर्स एफसीसँग इलिमिनेटर राउन्डमा प्रतिस्पर्धा गर्नेछ ।

इलिमिनेटर राउन्डको विजेताले शनिबार हुने फाइनलमा पहिलो प्ले अफ विजेता धनगढी एफीको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *