नयाँ बसपार्कमा अज्ञात व्यक्तिहरुद्वारा ट्याक्सीमा आगजनी, बन्द गर्ने ५६ जना प्रहरीको नियन्त्रणमा

  •   काठमाडौं
  •   २२ माघ २०७७, बिहीबार
  •   खुल्ला खबर

काठमाडौं: नेकपाको प्रचण्ड–नेपाल पक्षले आज बिहीबारको देशव्यापी आमहड्ताललाई शान्तिपूर्वक बनाउने बताइए पनि आज बिहानै काठमाडौंको नयाँ बसपार्कमा अज्ञात व्यक्तिहरुद्वारा एउटा ट्याक्सीमा आगजनी भएको छ ।

कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिएका छन् ।

एसएसपी सिंहका अनुसार दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको बताएका छन् ।आगजनीमा परेको ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको छ ।

बिहीबार बिहानैदेखि चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरु खटिएका छन् । अहिलेसम्म प्रहरीले हड्ताल गर्दै हिड्ने ५६ जनालाई नियन्त्रणमा लिइसकेको एसएसपी सिंहले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *