धुलिखेल प्याब्सनको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा मुक्ति रिजाल

  •   काभ्रे
  •   ८ आश्विन २०७८, शुक्रबार
  •   खुल्ला खबर

निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धुलिखेल नगर समितिको अध्यक्षमा मुक्ति रिजाल चयन भएका छन् । आज भएको दोस्रो नगर अधिवेशनले मुक्ति रिजालको अध्यक्षतामा पाँच जनाको कार्यसमिति बनाएको छ ।

केन्द्रीय प्याब्सनका सचिब भिमसेन केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको विशेष अतिथि धुलिखेल नगरपालिकाका शिक्षा शाखा प्रमुख माधब प्रसाद शर्मा रहेका थिए । अधिवेशनले प्याब्सनको सचिवमा मिलन आचार्य र कोषाध्यक्षमा अनिता आचार्यलाई चयन गरेको छ । त्यस्तै सदस्यहरु सिबि तामाङ र अजब माकजु चयन भएका छन् । प्याब्सन नगर समितिको कार्यकाल ३ बर्षको रहनेछ ।

कार्यक्रममा बोल्दै केन्द्रीय सचिव केसीले स्थानीय तहसंग प्याब्सनको सहकार्य गर्न आग्रह गरेका छन् । त्यस्तै धुलिखेल नगरका शिक्षा शाखा प्रमुख शर्माले प्याब्सन र नगरपालिकाबीच सम्बन्ध राम्रो रहेको बताए ।

कार्यक्रममा प्याब्सन केन्द्रिय सदस्य हिरा शर्मा, सत्य नारायण श्रेष्ठ, प्याब्सन काभ्रे जिल्ला अध्यक्ष पुर्ण कुमार श्रेष्ठ लगायतले स्थानीय तह र प्याब्सन मिलेर कोभिडले निम्त्याएको विपदसंग लड्नु पर्नेमा जोड दिएका थिए।उनीहरुले स्थानीय तहसंगको सहकार्यले प्याब्सनलाई अझ अगाडी बढ्न मद्धत गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *