देउवाको गृह जिल्लाको अधिवेशन पौडेल पक्षले अस्वीकार गर्ने

  •   काभ्रे
  •   २८ भाद्र २०७८, सोमबार
  •   खुल्ला खबर

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय गरेको छ ।

आज पार्टी कार्यालय सानेपामा बैठक गरेर पौडेल समूहले सभापति देउवाको गृह जिल्लाको वडा अधिवेशन अस्वीकार गर्न निर्णय गरेको हो । डडेल्धुरामा भदौ २५ गते भएको वडा अधिवेशन निष्पक्ष नभएको पौडेल समूहको ठहर छ ।तल्लो तहबाट सिफारिस क्रियाशील सदस्य हटाउने र थप्ने काम आपत्तिजनक भएको पौडेलले बताए ।

काँग्रेसमा क्रियाशील सदस्यता विवादका कारण २० जिल्लामा वडा अधिवेशन समेत अनिश्चित छ । देउवाको गृह जिल्लामा जिल्ला कार्यसमिति र वडा समितिले बहिस्कार गरेको पौडेलको भनाइ छ । यसले काँग्रेसको १४ ओैं महाधिवेशन निष्पक्ष हुनेमा आशंका उब्जिएको पौडेलले बताए । डडेल्धुरामा सबैलाई समेटेर फेरि वडा अधिवेशन गर्नुपर्नेमा पौडेल पक्षको जोड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *