दशैँका लागि अग्रिम टिकट बुकिङबारे छलफल सुरु,कहिलेदेखी खुल्छ टिकट ?

  •   काभ्रे
  •   २९ भाद्र २०७८, मंगलवार
  •   खुल्ला खबर

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले दशैं नजिकिंदै गएपछि अग्रिम टिकट बुकिङबारे छलफल थालेको छ।

विभागका प्रवक्ता लोकनाथ भुसालले यातायात व्यवसायीहरूसँग मंगलबारदेखि छलफल सुरु गरेको बताए। भुसालका अनुसार असोजको दोस्रो सातादेखि बुकिङ खोल्ने कि भन्ने छ। तर‚ अहिले नै केही निर्णय नभएको उनले बताए।

दशैँको बेला यात्रुलाई सुरक्षित ढंगले गन्तब्य सम्म पु¥याउने उनको भनाइ छ। कोभिड–१९ महामारीभन्दा अगाडि दशैंमा करिब २१ लाख यात्रुले उपत्यका छाड्ने गरेका थिए। तर‚ कोभिड संक्रमण फैलिएपछि गत वर्ष उपत्यका छाड्नेको संख्या घटेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *