त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेदरल्यान्ड्सको टोली काठमाडौंमा

  •   काठमाडौं
  •   ३१ चैत्र २०७७, मंगलवार
  •   खुल्ला खबर

त्रिकोणात्मक क्रिकेट सिरिज खेल्नका लागि नेदरल्यान्ड्सको टोली नेपाल आइपुगेको छ ।

नेदरल्यान्ड्सको टोली काठमाडौं आइपुगेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्रिकेट सिरिज आउँदो वैशाख ४ गतेबाट त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । नेदरल्यान्ड्सले आफ्नो पहिलो खेल आयोजक नेपालसँग खेल्नेछ ।

त्रिदेशीय टी २० क्रिकेट प्रतियोगिताको खेलको समय परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्राविधिक कारणले गर्दा खेलको तालिका परिवर्तन भएको हो । क्यानका अनुसार नेपालले खेल्ने खेलको समय परिवर्तन गरिएको हो । यसअघि नेपालले खेल्ने खेलको समय दिउँसो २ः१५ देखि हुने भनिएता पनि खेल समय १ः१५ बजे सारिएको छ ।

त्रिकोणात्मक सिरिजको अर्को टोली मलेसिया हो । डबल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । फाइनल खेल वैशाख ११ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *