घाँस काट्न गएकी काभ्रे लेमालकी एक किशोरीको लडेर मृत्यु

  •   काभ्रे
  •   २७ जेष्ठ २०७८, बिहीबार
  •   खुल्ला खबर

घाँस काट्न जाँदा लडेर काभ्रेमा एक किशोरीको ज्यान गएको छ ।

काभ्रेको तेमाल गाँउपालिका २ चुखाकी एक किशोरीको लडेर ज्यान गएको हो । स्थानीय माइला तामाङकी १४ बर्षिया छोरी सुस्मिता तामाङ आज घाँस काट्ने क्रममा लडेकी थिइन् । उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा ज्यान वडा सदस्य डिल्लीमान तामाङले जानकारी दिए ।

परिवारको आर्थिक अवस्था कमजोर भएकोले स्थानीय संग सहयोग मागेर उनलाई उपचारको लागी धुलिखेल अस्पतालमा ल्याईएको थियो । सुस्मिता सोही वडामा रहेको सर्वोद्धार माविमा कक्षा ७ मा अध्ययनरत थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *