कोपा अमेरिका फुटबलको उपाधिका लागि अर्जेन्टिना र ब्राजिल भिड्ने

  •   काभ्रे
  •   २३ असार २०७८, बुधबार
  •   खुल्ला खबर

कोपा अमेरिका फुटबलको उपाधिका लागि अर्जेन्टिना र ब्राजिल भिड्ने पक्का भएको छ ।

नेपाली समय अनुसार बुधबार बिहान भएको सेमीफाइनल खेलमा टाइब्रेकरमा कोलम्बियालाई स्तब्ध पारेर अर्जेन्टिनाले आयोजक ब्राजिलसँगको फाइनल भिडन्त पक्का गरेको हो ।

लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भएपछि खेल पेनाल्टीमा धकेलिएको हो । अर्जेन्टिनालाई दबाबमा राख्न सफल भएको कोलम्बिया पेनाल्टीमा भने चुक्यो ।

सातौँ मिनेटमा मेस्सीको पासमा लाउतारो मार्तिनेजले सुन्दर गोल गरि अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाएका थिए । ६१ औँ मिनेटमा लुइस डिआजले कोलम्बियाका लागि बराबरी गोल गरे ।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका गोलरक्षकले उत्कृष्ट बचाउ गरे ।

मेस्सीका लागि अबको फाइनल राष्ट्रिय टिमबाट उपाधि जित्ने मौकाका रुपमा हेरिएको छ । पेरुलाई पराजित गरेर फाइनल पुगेको ब्राजिलसँगको भिडन्त अति रोमाञ्चक हुने अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *