काभ्रे जिल्लालाई चार अर्ब ८२ करोड ९७ लाख बजेट (कुन पालिकालाई कति ? हेर्नुहोस)

  •   काभ्रे
  •   १६ जेष्ठ २०७८, आईतवार
  •   खुल्ला खबर

आगामी आर्थिक वर्षका लागि काभ्रे जिल्लाले चार अर्ब ८२ करोड ९७ लाख बजेट पाउने भएको छ । सरकारले जिल्लाका ६ नगरपालिका र सात गाउँपालिकाको लागि आगामी आर्थिक वर्ष २०७८÷७९ मा चार अर्ब ८२ करोड ९७ लाख बजेट विनियोजन गरेको छ । सबैभन्दा बढी बजेट बनेपा नगरपालिकाले पाउने भएको छ भने सवैभन्दा कम खानीखोला गाउँपालिकाले पाउने भएको छ ।

आगामी वर्षका लागि जिल्लाको बनेपा नगरपालिकाले ५० करोड ६९ लाख रुपियाँ, धुलिखेल नगरपालिकाले ४७ करोड १२ लाख, पनौती नगरपालिकाले ४५ करोड ७० लाख,पाँचखाल नगरपालिकाले ३८ करोड १८ लाख पाउने भएका छन् । त्यस्तै मण्डनदेउपुर नगरपालिकाले ४२ करोड ९९ लाख र नमोबुद्ध नगरपालिकाले ३९ करोड २८ लाख बजेट पाएका छन् ।

त्यस्तै जिल्लाको रोशी गाउँपालिकाले ४१ करोढ ८७ लाख, चौँरीदेउराली गाउँपालिकाले ४३ करोड ९२ लाख, तेमाल गाउँपालिकाले ३१ करोड १२ लाख, बेथानचोक गाउँपालिकाले २६ करोड ७० लाख रुपैया पाएका छन् । त्यस्तै भुम्लु गाउँपालिकालाई २९ करोड ८८ लाख र महाभारत गाउँपालिकालाई २८ करोड ३६ लाख बजेट विनियोजन गरिएकोे छ । सवैभन्दा कम बजेट पाउने खानीखोला गाउँपालिकाले २६ करोड १६ लाख मात्रै खर्च गर्न पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *