काभ्रेमा सत्ताधारी दलबिच चुनावी तालमेल,काँग्रेसले पायो ७ पालिका

  •   काभ्रे
  •   ११ बैशाख २०७९, आईतवार
  •   खुल्ला खबर

काभ्रेमा सत्ता गठबन्धन दलबीच स्थानीय निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ ।

सत्ता गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले १३ स्थानीय तहमा आज चुनावी तालमेल गरेर जाने सहमति गरेको हो ।

जिल्लाले सहमति जुटाउन नसकेपछि सिट बाँडफाँडको जिम्मा प्रदेशलाई दिएको थियो । नेपाली काँग्रेस बागमती प्रदेश सभापति ईन्द्र बहादुर बाँनियाको संयोजकत्वमा बसेको प्रदेश गठबन्धनको बैठकले आज सिट बाँडफाँड गरेको हो ।

जस अनुसार काँग्रेसको भागमा ७ वटा पालिका परेको छ । बनेपा नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, तेमाल गाउँपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकाको प्रमुख काँग्रेसको भागमा परेको हो ।

यस्तै माओवादी केन्द्रले चौरी देउराली गाउँपालिका, भुम्लु गाउापालिका, खानीखोला गाउँपालिका र महाभारत गाउँपालिका भाग पाएको छ । नेकपा एकिकृत समाजवादीले धुलिखेल नगरपालिका र मण्डन देउपुर नगरपालिका मात्रै पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

-->