काभ्रेमा सक्रिय संक्रमित १७७ मा झर्या,आज २२ जना डिस्चार्ज

  •   काभ्रे
  •   २९ भाद्र २०७८, मंगलवार
  •   खुल्ला खबर

काभ्रेमा कोरोनाका सक्रिय संक्रमित घटेका छन् । आज जिल्लामा १७७ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका हुन् । आज २२ जना संक्रमित निको भएका छन्। योसंगै जिल्लामा कोरोनामुक्त हुनेको संख्या १४ हजार ६७ पुगेको छ ।

आजै जिल्लाभर थप १७ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। आज थपिएका १७ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपार पाँचखालका २÷२ जना, धुलिखेलका ४, पनौती १जना रहेका छन् । एन्टीजेन परिक्षणबाट नमोबुद्धमा ३, पाँचखालमा ४, पनौतीमा १ जना रहेका छन्। योसंगै काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार ४३६ पुगेको कार्यालयले जनाएको छ।

यसैबिच आज काभ्रेका विभिन्न पालिकामा गरी ६०६ जनाले भेरोसेलाको पहिलो दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख ५१ हजार ५४९ जनाले खोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *