काभ्रेमा सक्रिय संक्रमित १८२ मा झर्यो,आज १९ जना निको भए

  •   काभ्रे
  •   २८ भाद्र २०७८, सोमबार
  •   खुल्ला खबर

काभ्रेमा लगातार कोरोना संक्रसिमत हुने भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । आज पनि थप १९ जना संक्रमित निको भएका छन्। योसंगै जिल्लामा सक्रिय संक्रमित पनि घटेका छन् । आजसम्म १८२ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय काभ्रले जनाएको छ । हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका हुन् ।

यस्तै आजै जिल्लाभर १४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। आज थपिएका १४ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपाका ५,पाँचखालका २, धुलिखेल,नमोबुद्ध, चौरिदेउराली र बेथानाचोकका १÷१, मा कोरोना पुष्टि भएको छ । त्यस्तै एन्टीजेन परिक्षणबाट नमोबुद्धका २ र बनेपाका १ जनामा संक्रमण देखिएको छ । हालसम्म काभ्रेमा कुल कोरोना संक्रमित संख्या १४ हजार ४१९ पुगेको कार्यालयले जनाएको छ।

यसैबिच कोरोना संक्रमणका कारण काभ्रेमा आज एक जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बनेपा ८ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा धुलिखेल अस्पतालमा आज मृत्यु भएको हो।

यस्तै काभ्रेका विभिन्न पालिकामा गरी आज ६९१ जनाले भेरोसेलको पहिलो र दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख ५० हजार ९४३ जनाले खोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *