काभ्रेमा कोरोनाका सक्रिय संक्रमित घट्दै,आज ३३ जना डिस्चार्ज

  •   काभ्रे
  •   २१ भाद्र २०७८, सोमबार
  •   खुल्ला खबर

काभ्रेमा केहिदिनदेखि लगातार कोरोनामुक्त हुनेको संख्या बढ्दै गएको छ । आज ३३ जना संक्रमित निको भएका छन्। योसंगै जिल्लामा कोरोनामुक्त हुनेको संख्या १३ हजार ८६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। आज थपिएका १७ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपाका ५ जना,पनौतीमा ७, धुलिखेल,पाँचखाल र बेथानाचोकमा १-१ जना रहेका छन् । त्यस्तै एन्टीजेन परिक्षणबाट बनेपाका २ जनामा संक्रमण देखिएको छ ।

योसंगै काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार ३३५ पुगेको कार्यालयले जनाएको छ। अहिले जिल्लामा २८१ जना सक्रिय संक्रमित रहेका छन्।

यसैबिच आज काभ्रेका विभिन्न पालिकामा गरी ६२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । भुम्लु, रोशी र खानीखोला गाउँपालिकामा गरी ६२५ जनाले भेरोसेलाको पहिलो दोश्रो डोज खोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *