काभ्रेमा कोरोनाका संक्रमित घट्दै

  •   काभ्रे
  •   २२ भाद्र २०७८, मंगलवार
  •   खुल्ला खबर

काभ्रेमा केहिदिनदेखि लगातार कोरोनामुक्त हुनेको संख्या बढ्दै गएको छ । आज ३० जना संक्रमित निको भएका छन्। योसंगै जिल्लामा कोरोनामुक्त हुनेको संख्या १३ हजार ८९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। आज थपिएका २४ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपाका ४,धुलिखेलका ५, जना,पनौतीमा ६ पाँचखाल २ ,नमोबुद्ध र महाभारतका १–१ जना रहेका छन् । त्यस्तै एन्टीजेन परिक्षणबाट बनेपाका २ र पाँचखालका ३ जनामा संक्रमण देखिएको छ ।

योसंगै काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार ३५९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *