काभ्रेमा आज ४४ जना संक्रमित थपिए

  •   काभ्रे
  •   २७ जेष्ठ २०७८, बिहीबार
  •   खुल्ला खबर

काभ्रे जिल्लामा आज पनि १६४ जनाले कोरोना जितेका छन् । अब निको हुनेको संख्या ८हजार २२३ पुगेको छ ।

आज पिसिआर परिक्षण गर्दा ३६ र एन्टीजेन परिक्षणबाट ८ गरी ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणबाट बनेपाका १३, धुलिखेलका ५, पनौतीका २, पाँचखालका ४, मण्डनदेउपुरका ६, भुम्लुका ५ र चौंरीदेउरालीमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा ले जानकारी दिए ।

त्यस्तै एन्टीजेन परिक्षणबाट तेमालका ३, पनौतीका २ र महाभारतमा १जनामा कोरोना पुष्टि भएको छ । यससँगै काभ्रेमा संक्रमित संख्या १० हजार १९९ पुगेको छ । जिल्लामा सक्रिय संक्रमित संख्या १ हजार ८२४ पुगेको छ ।

यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा धुलिखेलकी ४८ वर्षिया महिला, मेलम्चीकी ५२ वर्षिया महिला र मण्डनदेउपुरका ६२ वर्षिय पुरुष रहेको डा. झाले जानकारी दिए । यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या २१० पुगेको छ । उनीहरु मध्य १५२ जना काभ्रेका रहेका छन् भने ५८ जना अन्य जिल्लाका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *