काभ्रेमा आज पनि २६ जना कोरोनामुक्त

  •   काभ्रे
  •   १ आश्विन २०७८, शुक्रबार
  •   खुल्ला खबर

काभ्रेमा आज २६ कोरोना संक्रमित उपचारपछि संक्रमणमुक्त भएका छन् । आजसम्म १४ हजार १ सय २८ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पिसिआर परीक्षणमा बनेपा र धुलिखेलका १ ÷१ जना र भुम्लुका ४ जना गरी ६ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । त्यस्तै एन्टिजेन विधिबाट गरिएको परिक्षणमा पाँचखालका २ जनामा कोरोना देखिएको छ ।

योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १४ हजार ४ सय ६२ पुगेको छ । अब जिल्लामा १ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणका कारण अहिलेसम्म काभ्रेका १ सय ९२ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *