काभ्रेमा आज थपिए ३ कोरोना संक्रमित

  •   काठमाडौं
  •   २ बैशाख २०७८, बिहीबार
  •   खुल्ला खबर

काभ्रे जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय धुलिखेलका अनुसार संक्रमण हुनेमा धुलिखेल नगरपालिकाका १ जना पुरुष, पाँचखाल नगरपालिकाकी १ जना महिला र रोशी गाउँपालिकाका १ जना पुरुष रहेका छन् । यो संगै काभ्रे जिल्लामा संक्रमित हुनेको संख्या तीन हजार ४ सय १८ पुगेको छ ।

जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या २६ रहेको छ । उनीहरुमध्ये ५ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २१ जना होम आइसोलेशनमा रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

काभ्रेमा संचालन तेस्रो चरणको खोप अभियान अन्तर्गत एक हजार ८ सय ८० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । जसमा ४० देखी ५९ वर्ष उमेर समुहका मानिस रहेका डा.झाले जानकारी दिएका छन् ।

पहिलो चरणमा ६ हजार ७ सय ९९ जनाले खोप लगाएका थिए भने दोस्रो चरणको खोप अभियानबाट १७ हजार १ सय ६१ जनाले खोप लगाएका थिए । यो संगै काभ्रे जिल्लामा कोरोना विरुद्धको खोप लगाउनेको संख्या २५ हजार ९ सय ७७ पुगेको छ । जिल्लामा अहिलेसम्म ६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये काभ्रेका ४५ जना रहेका छन् भने १८ जना अन्य जिल्लाका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *