काभ्रेका १६ वटा क्याम्पसलाई यूजीसीको अनुदान

  •   काभ्रे
  •   २५ जेष्ठ २०७८, मंगलवार
  •   खुल्ला खबर

काभ्रेका १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोग (यूजीसी)ले अनुदान दिएको छ ।

विद्यार्थी र शिक्षक संख्याका आधार सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसले अनुदान पाएको छ । उक्त क्याम्पसले १६ लाख ५० हजार रुपैयाँ अनुदान पाएको बुझिएको छ ।

बेथाञ्चोक गाउँपालिकामा रहेको पार्वती बहुमुखी क्याम्पसाले ८ लाख ५६ हजार ८ सय नियमित अनुदान पाएको छ । अनुदान पाउने अन्य क्याम्सहरुमा बनेपाको चैतन्य क्याम्पस र काभ्रे बहुमुखी क्याम्पस, धुलिखेलको धुलिखेल क्याम्पस र सञ्जिवनी कलेज, पनौतीको इन्द्रेश्वर क्याम्पस, तेजगंगा बहुमुखी क्याम्पस र कुशादेवी क्याम्पस, पाँचखालको सर्वमंगला बहुमुखी क्याम्पस रहेका छन् ।

त्यस्तै मेथिनकोटको जनक बहुमुखी क्याम्पस, दाप्चा छत्रेबाजको दाप्चा कृष्ण बहुमुखी क्याम्पस, महादेवीस्थान देवीथुम्का पब्लिक क्याम्पस, मंगलटारको मंगल जनविजय क्याम्पस र भुम्लुको श्रीप्रकाश क्याम्पस रहेका छन्।

विश्विद्यालय अनुदान आयोगमा आबद्ध १ हजार ३५६ वटा क्याम्पस रहेका छन्। काभ्रेमा रहेका १८ वटा क्याम्पसमध्ये १६ वटालाइ अनुदान दिने आयोगले निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *