काभ्रेका स्थानीय तहको बेरुजु ५७ करोड, सबैभन्दा कम पाँचखाल र महाभारतमा

  •   काभ्रे
  •   ६ भाद्र २०७८, आईतवार
  •   खुल्ला खबर

महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन, २०७८ मा काभ्रे जिल्लाको १३ स्थानीय तहहरुको बेरुजु ५७ करोड देखिएको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार काभ्रे जिल्लाका १३ स्थानीय तहको आर्थिक वर्ष २०७६÷०७७ को बेरुजु ५७ करोड १५ लाख ५० हजार देखिएको हो । बित्तीय प्रतिबेदन सुचकले पाँचखाल नगरपालिका र महाभारत गाउँपालिकामा सबैभन्दा कम बेरुजु भएको उल्लेख गरेको छ ।

प्रतिवेदनका अनुसार पाँचखालमा १ अर्ब ३८ करोड २८ लाख ७२ हजारको लेखा परिक्षण गर्दा १ करोड १९ लाख ३५ हजार अर्थात ०.८६ प्रतिशत तथा महाभारत गाउँपालिकामा ६७ करोड ७९ लाख १२ हजारको लेखा परिक्षण गर्दा २९ लाख ४० हजार अर्थात ०.४३ प्रतिशत बेरुजु देखिएको छ । बागमती प्रदेशका १ सय १९ स्थानिय तहमध्ये बेरुजु कम भएका पालिकामा पाँचखाल नगरपालिका सातौ स्थानमा छ भने महाभारत गाउँपालिका दोश्रो स्थानमा छ ।

प्रतिवेदनका अनुसार नगरपालिकाहरुमा सबैभन्दा बढि बेरुजु मण्डनदेउपुर नगरपालिका र गाउँपालिकाहरुमा सबैभन्दा बढि तेमाल गाउँपालिकामा भएको छ । मण्डनदेउपुर नगरपालिकामा १ अर्ब ४६ करोड ६८ लाख ३ हजारको लेखा परिक्षण हुँदा ८ करोड ७७ हजार अर्थात ५.४६ प्रतिशत रकम बेरुजु भएको छ भने तेमाल गाउँपालिकामा ९५ करोड २७ लाख २७ हजारको लेखा परिक्षण गर्दा ९ करोड २४ लाख ४ हजार अर्थात ९.७० प्रतिशत बेरुजु देखिएको छ ।

त्यस्तै धुलिखेल नगरपालिकामा १ अर्ब ५९ करोड ११ लाख ८६ हजारको लेखा परिक्षण गर्दा १ करोड ५७ लाख ७६ हजार (०.९९%) , बनेपा नगरपालिकामा १ अर्ब ६८ करोड ४ लाख ९४ हजारको लेखा परिक्षण गर्दा १ करोड ५७ लाख ७६ हजार (२.२८%), नमोबुद्ध नगरपालिकामा १ अर्ब ३४ करोड ६४ लाख ६२ हजारको लेखा परिक्षण गर्दा ३ करोड ८० लाख ८४ हजार (२.८३%) र पनौती नगरपालिकामा २ अर्ब ३ करोड ११ लाख ७४ हजारको लेखा परिक्षण गर्दा ७ करोड ३५ लाख ९२ हजार (३.६२%) रकम बेरुजु देखिएको छ ।

गाउँपालिकाहरुमा रोशी गाउँपालिकामा १ अर्ब ३५ करोड ४३ लाख ७९ हजारको लेखा परिक्षण गर्दा २ करोड ५४ लाख ४० हजार (१.८८%), खानीखोला गाउँपालिकामा ६० करोड ४० लाख ७२ हजारको लेखा परिक्षण गर्दा २ करोड ६ हजार (३.३१%), चौरी देउराली गाउँपालिकामा १ अर्ब ४ करोड ४१ लाख २६ हजारको लेखा परिक्षण गर्दा ५ करोड ४७ लाख ५७ हजार (५.२४%), भुम्लु गाउँपालिकामा ९५ करोड ५३ लाख ६५ हजारको लेखा परिक्षण गर्दा ५ करोड ८४ लाख ३६ हजार (६.१२%), बेथानचोक गाउँपालिकामा ७४ करोड ९७ लाख ९६ हजारको लेखा परिक्षण गर्दा ५ करोड ९७ लाख ५१ हजार (७.९७%) रकम बेरुजु देखिएको छ ।

गत आर्थिक वर्ष २०७५÷०७६ मा काभ्रे जिल्लाको बेरुजु ६७ करोड ७५ लाख ६७ हजार देखिएको थियो । सबैभन्दा बढि पनौती नगरपालिकाको १ अर्ब ७५ करोड ६७ लाख ५ हजारको लेखापरीक्षणमा १६ करोड ५७ लाख ५६ हजार (९.४४%) प्रतिशत बेरुजु थियो भने दोस्रो नम्बरमा खानीखोला गाउँपालिकाको ५३ करोड ६७ लाख ५६ हजारको लेखापरीक्षणमा ३ करोड ७६ लाख ३१ हजार (७.०१%) बेरुजु थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *