ओलीको ६ बुँदे प्रस्ताव : देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता, पार्टी जेठ ३ पूर्व फर्काउने

  •   काभ्रे
  •   २४ जेष्ठ २०७८, सोमबार
  •   खुल्ला खबर

कपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन्।

आइतबार बेलुकी एक विज्ञप्ति जारी गर्दै ओलीले  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिने र पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थाबाट अघि बढाउने प्रस्ताव गरेका छन्। बरिष्ठ नेता माधवकुमार नेपाल लगायत असन्तुष्ट पक्षका सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।

यसबीचमा भएका गल्ती एवं कमी कमजोरीलाई लिएर कसैलाई पनि कारबाही नगर्ने तथा कसैप्रति भेदभाव र पूर्वाग्रह नराख्ने प्रस्ताव उने राखेका छन्।  

खनाल–नेपाल समूहले आइतबार नै ओलीले वार्ताका नाममा चालबाजी गरिरहेकाले वार्ताकाे विश्वास गर्न नसकिने बताएका थिए। उनीहरूले कारबाही फिर्ता लिएमात्रै वार्ता अघि बढ्ने पनि बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *