अक्षरमार्गका सह-सम्पादक ध्रुबकृष्ण ताम्राकार सम्मानित

  •   काठमाडौं
  •   ३० माघ २०७७, शुक्रबार
  •   खुल्ला खबर

काभ्रे: अक्षरमार्गका सहसम्पादक तथा गीतकार ध्रुबकृष्ण ताम्राकार संसाक तेज–शोभा गीत तथा गजल सम्मानबाट सम्मानित भएका छन ।

लामो समयदेखि साहित्यमा कलम चलाइ रहेका ताम्राकालाई संसाक मासिकले एक समारोह बीच काठमाडौंमा सम्मान गर्ने भएको हो ।

ताम्राकारका आँसुको कथा कथा संग्रह, प्रारम्भ र हृदयका उद्गार गरी दुईओटा कविता संग्रह, भवनाका उत्सर्ग गीत संग्रह, स्पन्दन मुक्तक संग्रह प्रकाशित छन ।

उनीसँगै काभ्रेकै कवयित्री सरस्वती चिमौरीया पनि सम्मानित भएकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

-->